काठमाडौं–दिल्ली पुगेका मधेसी मोर्चाका शीर्ष नेताहरुले भारतीय नेतासंग भेटेर मधेस आन्दोलनमा समर्थन गर्न आग्रह गरेका छन्।
भेटका क्रममा मोर्चाका नेता एवं सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भारतीय नेता द्वय करण सिंह र डि पी त्रिपाठीलाई आन्दोलनमा समर्थन गर्न गरेको आग्रहको भिडियो टेप नागरिकन्युजले प्राप्त गरेको छ।
‘अहिले नेपालमा तपाँइहरुको खाँचो छ’ महतोले डि पि त्रिपाठीसँग भनेका छन् ‘मधेस संकटमा छ, यदि मधेस संकटमा पर्यो भने तपाँइ हामी कहाँ रहिन्छ हँ ?’ उनले भनेका छन् ‘हामी त तपाँइहरुसंगै साथसाथमा सास लिन्छौं, अहिले आएर मधेस माथि बैमानी भएको छ।’
महतोले अर्का नेता करण सिंहको हात समाउँदै भनेका छन् ‘हाम्रो कुरालाई गम्भीरताका साथ लिनु होला।’
महतोले भारतीय नेता द्वय सिंह र त्रिपाठीसँग भेट्दा देखाएको हाउभाउ र कुराकानी भिडियोमा हेर्नुस्-
source: nagariknews