प्रदेश नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा आज बिहानैदेखि हड्ताल गर्दै आवगमन ठप्प पारिएको छ ।
लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गर्दै कोशी बन्द गरेका हुन् ।
पहिचानको ख्याल नगरी राजनीतिक दलहरूले कोशी प्रदेश नामाकरण गरेको भन्दै विरोध उनीहरुले आम हड्ताल गरेका हुन् ।
बन्दका कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन चलेका छैनन् । बन्दमा केही सवारीसाधन मात्र चलेका छन् ।