उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले रामसहायको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिएको छ । निर्वाचन कार्यालयका अनुसार रामसहायसँगै चारै जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ।
जसपाका रामसहायविरुद्ध नेकपा एमाले र जनमत पार्टीले उजुरी दिएको थियो। अब कसैले उम्मेदवारी फिर्ता नलिएसम्म चारै जनाको उम्मेदवारी कायम रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपराष्ट्रपतिमा जसपाबाट रामसहाय र प्रमिला उम्मेदवार छन् भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा उम्मेदवार रहेका छन् ।