धनुषामा प्रहरीको भ्यानबाट हामफालेर फरार भएका एक जना बलात्कार आरोपी पुनः पक्राउ परेका छन् ।
जिल्ला अदालतबाट म्याद थपेर प्रहरी कार्यालय लैजाने क्रममा नहरमा हाम फालेर फरार भएका सबैलाई नगरपालिका १३ का राजाबाबु मुखियालाई गएराति सवा १२ बजे प्रहरीले पक्राउ गरेको हो ।
फरार भएको ७२ घण्टापछि मुखियालाई जनकनन्दनी गाउँपालिका १ इनर्वास्थित भारतीय सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई म्याद थप गरेर कार्यालय लैजाने क्रमम भ्यानमा थुनुवा सुरक्षार्थ खटिएका ६ जना प्रहरीमाथी पनि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी धनुषाले जनाएको छ ।