सशस्त्र प्रहरीका ११ जना डीआईजी र ११ जना एसएसपीहरुको सरुवा भएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ११ डीआईजी र ११ एसएसपीको सरुवा तथा चार डीआईजीको पदस्थापन गरेको हो ।
सरुवामा सशस्त्र प्रहरीका आठवटै बाहिनीका प्रमुख फेरिएका छन् । बराह बाहिनी सुनसरीमा डीआईजी अञ्जनीकुमार पोखरेल, छिन्नमस्ता बाहिनी महोत्तरीमा दीपेन्द्र शाह, पशुपतिनाथ बाहिनी, काठमाडौंमा पुरुषोत्तम थापालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै गढीमाई बाहिनी मकवानपुरमा लक्ष्मणबहादुर सिंह, मुक्तिनाथ बाहिनी कास्कीमा कालीदास धौवजी, विन्ध्यवासिनी बाहिनी लुम्बिनीमा विदूर खड्का, महेश्वरी बाहिनी सुर्खेतमा प्रदीपकुमार पाल र वैद्यनाथ बाहिनी कैलालीमा कुमार न्यौपानको सरुवा भएको छ ।
हाल बढुवामा श्रेष्ठ यूएन मिसनमा रहेका कारण उनको सरुवा गरिएको छैन । त्यस्तै सशस्त्र प्रहरीका एसएसपीको दीपक अधिकारीको लामापाटन पोखरा तालिम केन्द्र सरुवा भएको छ भने मनिष थापालाई कुरिनटार तालिम केन्द्र पठाइएको छ । कृष्ण ढकाललाई ककनी तालिम केन्द्रमा पठाइएको छ । अवधि पुगेका र रिक्त भएका स्थानमा नियमित सरुवा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।