यही २५ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले राष्ट्रपतिको उम्मेदवारहरुको नाम आज सार्वजनिक गर्दैछ ।
राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिकासँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो ।
गत १३ फागुनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए ।
उनीहरुविरुद्ध उजुरी आब्हान गरिए पनि कुनै उजुरी नपरेको जनाएको आयोगले आज उम्मेदवारको नाम औपचारिक रुपमा सार्वजनिक गर्न लागेको हो ।