सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन दक्षिण सुडान प्रस्थान गरेका छन् । उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।
सशस्त्र प्रहरी प्रमुख अर्याल मेडल परेडमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले जनाएको छ । साउथ सुडानमा सशस्त्र प्रहरी बल परिचालित छ।
सशस्त्र प्रहरी प्रमुख अर्यालले मेडल परेडमा सहभागिता हुनुका साथै थप मिसन तैनाथी र अहिलेको मिसनमा जनशक्ति थप गर्नेबारे संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग छलफल गर्ने सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी प्रमुख अर्याल साउथ सुडानमा गएपछि सशस्त्र प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हालेका छन् ।