नेपाल प्रहरीका डीआईजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । गृह मन्त्रालयले आज डीआईजी सिंहको राजीनामा स्वीकृत गरेको हो ।
नेपाल प्रहरीको भावी आईजीपीका दाबेदार मध्येका डीआईजी सिंहले हिजो पदबाट राजिनामा दिएका छन् । एआईजी बढुवाको दौडमा रहेका बेला उनको नागरिकतामा र सर्टिफिकेटमा रहेको जन्ममिति विवाद सार्वजनिक हुँदा डीआईजी सिंहले राजीनामा दिएका हुन् ।
अहिलेका प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको अवकाश पछि आउँदो ११ चैत २०७९ पछि नियुक्ति हुने नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका डीआईजी अशोक सिंहले राजीनामा दिएका हुन् ।
डीआईजी सिंहले हिजो प्रहरी महानिरीक्षक सिंहलाई राजिनामा बुझाएका हुन् । डीआईजी सिंह राजिनामा दिनुपुर्व सुदूपश्चिम प्रदेश प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।