बैंकिङ कसुर सम्बन्धी मुद्दामा निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । उनलाई आज बिहान काठमाडौं प्रहरी परिसरको टोलीले घरबाटै पक्राउ गरिएको जानकारी दिएको छ।
भेटवालविरूद्ध करिब ३ करोडको बैंकिङ कसुरसम्बन्धी चेक बाउन्सको उजुरी अन्तर्गत मुद्दा दर्ता भएको थियो। जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको थियो।
भेटवाल यसअघि २०७५ वैशाखमा एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा पनि पक्राउ परेका थिए।