हायसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका ९ बल्मिमा आज बिहान हायसको ठक्करले पैदल यात्रा गरिरहेका गौरीगङ्गा नगरपालिका ६ का केहुँराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीका अनुसार धनगढीबाट नेपालगन्ज आउँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो।ठक्करबाट चौधरीको मृत्यु भएपछि कैलालीको अहिले पीडित पक्षले बल्मी क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् । प्रहरीले ठक्कर दिने हायस र चालकलाई नियन्त्रणमा लिएको छ।