नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीको आज दुई वटा शल्यक्रिया हुने भएको छ । बुधवार राति ग्याँस विस्फोट भएर घाइते भएका सांसद भण्डारीको आज बिहान १० बजे र २ बजे मुम्बईस्थित नेशनल बर्न सेन्टरमा शल्यक्रिया हुन लागेको हो ।
वरिष्ठ चिकित्सकहरूको टिमले भण्डारीको स्वास्थ्य उपचार शुरू गरिसकेको छ । उनीहरूसँगै रहेका कांग्रेस नेता योगराज कडेँल र माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।
भण्डारीलाई हिजो दिउँसो मुम्बई लगिएको थियो। उनको ३० प्रतिशतसम्म शरीर जलेको छ। दुर्घटनामा परेकी उनकी ८६ वर्षीया आमाको भने हिजो बिहान निधन भएको छ ।