यातायात मजदुरहरूले गरेको आन्दोलन फिर्ता भएको छ । आज बिहान यातायात मजदुरहरु र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्दै यातायात हड्ताल स्थगित गर्ने सहमति भएको हो ।
यातायात हड्ताल स्थगित गरे पनि यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताइएको छ।
वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएका थिए ।
यातायात मजदुरहरूको आन्दोलनका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन चलेका थिएनन् । यात्रुले दुःख पाएका थिए ।
हिजो साँझ यातायात मजदुरहरूले प्रहरीका दुई भ्यान र प्रहरी बिटमा आगजनी समेत गरेका थिए । यी घटनामा संलग्नमाथि भने कारबाही गरिने मन्त्री श्रेष्ठले बताएका छन् ।