भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणामा क्वात्रा आज नेपाल आएका हुन् । उनी आज बिहान १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।
मन्त्रालयका अनुसार भारतीय विदेश सचिव क्वात्राले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री बिमला राई पौडयाल लगायत उच्च अधिकृतहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
भेटघाटका क्रममा भारतीय विदेश सचिव क्वात्रा र परराष्ट सचिव पौडेलबीच कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्य सहितका विषयमा कुराकानी हुनेछ । उनी नेपालका लागि भारतको पूर्व राजदूत समेत हुन् । उनी आजै परराष्ट्र मन्त्रालय जाने भएका कारण मन्त्रालय पनि खुला राखिएको छ ।