एयरलाइन्सका कर्मचारीबाट घुस रकम माग गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बिगत २ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक रहेका ठाकुरलाई थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यका साथ गरिएको कुराकानीको अडियोको घुस काण्डका आधारमा निलम्बन गरेको हो।
एयरलाइन्सका कर्मचारीसँग घुस मागेको कुराकानीको अडियो प्राप्त भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गर्न प्राधिकरणलाई निर्देशन दिएको हो।
घुस प्रकरण बारे अनुसन्धान गर्न महाप्रबन्धक ठाकुरलाई निलम्बन गर्दै यसबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिने मन्त्रालयले जनाएको छ।