सुपर मादी हाइड्रोपावरको प्राथमिक सेयर निष्कासन (आईपीओ) सोमबार बाँडफाँट भएको छ । हाइड्रोपावरको धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।
गोलाप्रथाद्वारा वितरण गरिएको आईपीओमा १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
आईपीओमा १३ लाख ४ हजार २ सय ८ जना आवेदकले आवेदन दिएकोमा ५ हजार ५ सय १५ जनाको आवेदन रद्द भएको बिक्री थियो । कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । सोमध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि र १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको यसअघि नै बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारणले उक्त कम्पनीको आइपीओको रिजल्ट अनलाइनबाट सानिमा क्यापिटल वेबसाइट र सुपर मादी हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने बताइएको छ ।