भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकी नदीबाट लगिएको देवशीला अयोध्या पुर्याइएको छ ।
यहीँ माघ १२ गते कालीगण्डकी नदी किनारबाट निकालिएको देवशीलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका लाई प्रस्थान गरेको दुई दिनपछि अयोध्या पुगेको हो ।
देवशीला लिएर त्यहाँ पुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको नेपाली टोलीलाई अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले भव्य स्वागत गरेका थिए ।
ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक देवशीलालाई भित्र्याएका थिए । ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठानको पूजापछि आज देवशीला ग्रहण गर्ने अयोध्या पुगेका पत्रकार धैर्यकान्त दत्तले बताए । आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशीला बुझ्ने जानकारी पत्रकार दत्तले जानकारी दिए ।