राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएका हुन् ।
बुधबार बिहान राप्रपा अध्यक्ष तथा उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि आज पार्टीको बैठक बोलाएका हुन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय दिने नदिने बारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सर्बोच्चको फैसलाको पूर्णपाठ नआएसम्म तत्काल गृहमन्त्री नबनाउने बताउँदै आएका छन् ।
लामिछानेकै विषयलाई लिएर माओवादी केन्द्रले पनि आज बैठक बोलाएको छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहाललाई दबाब दिइरहेका छन् ।