नेपाली काङ्ग्रेस तुलसीपुर ११ को वडा सम्मेलन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस तुलसीपुर ११ का सभापति हेम बहादुर वलीको सभापतित्व, काङ्ग्रेस नेता एबं संविधानसभा सदस्य बुद्धिराम भण्डारीको प्रमुख आतिथ्य तथा काङ्ग्रेस नेता एबं लुम्बिनी प्रदेशका पूर्ब सांसद शंकर गिरीको बिशिष्ठ आतिथ्यतामा भएको सम्मेलनमा नेताहरुले एकताका साथ संगठन निर्माणमा जुट्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सभापति खिम बहादुर वली, तरुण दलका जिल्ला सचिब ध्रुब आचार्य, निबर्तमान वडा सदस्य निर्मा चौधरी, क्षेत्रीय प्रतिनिधिहरु बिनोद बस्नेत, घमण्ड मल्ल, तेज कुमारी चन्द, टोल समिति सभापति कृष्णबहादुर खत्री लगायतले आफ्नो धारणा राखेका थिए ।
वडा उपसभापति रेशम खत्रीको स्वागत मन्तब्यबाट शुरु भएको सम्मेलनको सहजीकरण सचिब वीर बहादुर बस्नेतले गरेका थिए ।