सशस्त्र प्रहरी बल नेपालले ९७ जना सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले एकपटक पनि कमाण्डको जिम्मेवारी नपाएकालाई पहिलो प्राथमिकतामा, रिजर्भ गण र तालिम शिक्षालयमा काम गरेकालाई दोस्रो प्राथमिकतामा, विगतमा मुख्य गणमा कमाण्ड गरेकालाई तेस्रो प्राथमिकतामा राखेर गए राती सशस्त्र एसपीहरुको सरुवा गरेको हो ।
सरुवासँगै लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरी बाँकेमा रमेश बिक्रम शाहीको सरुवा भएको छ। बाँकेका एसपी जनक राज बस्नेतको विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटार सरुवा भएको छ। धिरेन्द्र राज न्यौपानेको सशस्त्र प्रहरी बल नं २६ गण पश्चिम् नवलपरासीमा सरुवा भएको छ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रुपन्देहीमा दिपक कुमार थापाको सरुवा भएको छ भने सशस्त्र प्रहरी बल नं २८ गण कपिलवस्तुमा जीवन केसीको सरुवा भएको छ। सशस्त्र प्रहरी बल नं ४२ रिजर्भ गण सम्शेरगन्ज बाँकेमा अशोक कुमार लम्साल , सशस्त्र प्रहरी बल नं ४१ रिजर्भ गण अर्जुन खोलामा सुशील प्रसाद पराजुली र सशस्त्र प्रहरी बल नं २९ गण दाङमा गोपाल प्रसाद श्रेष्ठको सरुवा भएको छ।
त्यस्तै यादव बहादुर विक स्टाफ कलेज सानो गौचरन, शशी पाण्डे सशस्त्र प्रहरी बल नं १७ गण चितवन, नर बहादुर रावतको सशस्त्र प्रहरी प्रशासन कार्य विभागमा सरुवा भएको छ भने अशोक बमको इन्टिलिजेन्स ब्युरो , बिमल डाँगी र चित्राङ्गत दाहालको पशुपति बाहिनी काठमाडौं सरुवा भएको छ भने टोप बहादुर डाँगी सशस्त्र प्रहरी बल नं १२ गण बारा र चेतराज जोशीको सशस्त्र प्रहरी बल नं ३३ गण त्रिपूरा जुम्ला सरुवा भएको छ।