सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राप्रपाले सरकारमा जान पुस २७ गतेलाई पृथ्बी जयन्तीको रुपमा मनाउँदै सार्वजनिक विदा दिनुपर्ने शर्त राखेपछि सत्ता गठबन्धन सार्वजनिक विदा दिने निर्णयमा पुगेको हो ।