अत्याधिक चिसो बढेपछि डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।
केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुने भएपछि पुस २४ गतेदेखि पुस २९ गतेसम्म शैक्षिक संस्था बन्द हुने भएको छ ।
गाउँपालिका अन्र्तगतका सम्पुर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु ६ दिनका लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताए । शाखा प्रमुख कर्णले एक सूचना जारी गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
यस बीचमा सामुदायिक विद्यालयहरुमा संचालित परिक्षाहरु मध्ये बाँकी रहेका विषयहरुको परिक्षा विद्यालय खुलेपछि पूर्ववत अनुसार संचालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।