कोहलपुर नगरपालिका १४ स्थित हुलाक खाद्य प्रालि पार्वतीपुरमा लफडा भएको छ । प्रालिले आज स्थानीयलाई कम्वल वितरणको तयारी गरेको थियो । त्यही अनुसार स्थानीयहरु कम्वल लिन प्रालिमा पुगेका थिए । स्थानीयले विपन्न समुदायका सबैलाई कम्वल दिन भनेका थिए । तर, प्रालिका म्यानेजर चक्रवती बंगालीले आफू अनुकुलका व्यक्तिहरुलाई मात्रै कम्वल दिएको भन्दै स्थानीयले बिरोध गरेका थिए ।
त्यसैक्रममा आक्रोशित भएका चक्रवतीले स्थानीय कैलाश हरिजनलाई कुटपिट गरेपछि लफडा भएको हो । प्रालिमाथि स्थानीय खनिएपछि अहिले तनाव भएको छ । प्रालिमा प्रहरी परिचालन गरिएको छ । म्यानेजर बंगालीलाई इप्रका कोहलपुरले नियन्त्रणमा लिएको छ । सहमतिका लागि कोहलपुर इप्रकामा जनप्रतिनिधिको उपस्थितिमा छलफलको तयारी छ । प्रालिले कम्वल वितरण गर्दा स्थानीय जनप्रतिनिधिसँग समेत समन्वय गरेको थिएन् । म्यानेजर बंगालीले यसअघि पनि स्थानीयमाथि हातपात र दुव्र्यवहार गर्ने गरेको स्थानीयहरु बताउँछन् ।