नेपालगञ्ज न्यूरोडस्थित एक औषधि गोदाममा आगलागी भएको छ । बुधबार बेलुकी पौने ८ बजे शुरु भएको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
बागेश्वरी मन्दिरको पूर्वतर्फ न्यूरोडस्थित दिब्या फर्मास्युटिकल्समा आगालागी भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गर्दै । विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।