अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले विद्याल विदा दिएको छ ।
बदलिँदो मौसमले अत्याधिक चिसो हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सबै सामुदायिक र निजी विद्यालयहरुमा विदा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले आज एक सूचना निकालेर पुस २० गतेदेखि २३ गतेसम्म विद्यालयहरुलाई पठनपाठन बन्द गर्न सूचित गरेका हुन् ।