नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको सदस्यमा मनोनित भएका छन् ।
नेपाली कांगेस लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले अधिकारीलाई सदस्यमा मनोनित गरेका हुन् । नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १२ को नियम ३३(२) अनुसार अधिकारीलाई सदस्यमा मनोनित गरेको श्रेष्ठले बताएका छन् ।