बाँकेमा साढे तीन महिनापछि कोभिड पुष्टि भएको छ ।
जमुनाहा नाकामा आज जाँच गर्दा जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड पुष्टि भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले गत असोज १ गतेपछि आज पहिलोपटक कोभिड पुष्टि भएको बताए ।
असोजयता बाँकेमा कोभिडको केश भेटिएको थिएन ।