नवनियुक्त प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले सपथ ग्रहण लिनु अघि नै नेपाली कांग्रेसका सभापति एबम निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रधानमन्त्री निवास बालुवाटार छोड्ने तयारी गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ लिनु अघि नै बालुवाटार छोड्ने तयारी गरेका छन् ।
देउवाले आज दिउँसो बालुवाटार छोड्नेछन् भने अपराह्न ४ बजे प्रचण्डले शपथ लिनेछन् । शपथ ग्रहणसँगै प्रचण्ड बालुवाटार प्रवेश गर्नेछन् । बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास छ ।
प्रचण्ड कांग्रेससँगको सहकार्यलाई तोड्दै प्रधानमन्त्री बनेका छन् । प्रचण्ड आइतबार एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्ति भएका थिए ।