दाङ्को तुलसीपुर बसपार्कमा रहेकाे एक किराना पसलमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ ।
गएराति तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क स्थित बिशाल बिकले सञ्चालन गरेको चिया तथा किराना पसलमा बिद्युतको तार सर्ट भई एक्कासी लाग लागि भएको थियो ।
आगलागी हुँदा खाद्यान्न, बिस्कुट, चाउचाउ लगायतका सामग्री जलेर नष्ट भएकाे हाे । आगलागीबाट ५ लाखको क्षती भएको अनुमान गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीयवासी, सशस्त्र प्रहरी, जनपथ प्रहरीको सहयोगमा आगो निभाइएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । राती ८ बजेतिर लागेको आगो ९ बजे नियन्त्रणमा आएको थियो ।