WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा युएईलाई अलआउट गरेको नेपालले खेल जित्नका निम्ति १ सय ९२ रनको लक्ष्य पाएको छ।
एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा युएईलाई अलआउट गरेको नेपालले खेल जित्नका निम्ति १ सय ९२ रनको लक्ष्य पाएको छ।
बुधबार किर्तिपुरमा भएको खेलमा १ सय ९१ रन जोडेको युईएलाई ४३.२ ओभरमा नेपालले अलआउट गरेको हो।
नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले ३–३ विकेट लिए।
ललितले १० ओभरमा ४१ र सोमपालले ७.२ ओभरमा ३५ रन खर्चे। करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिए।
खेलको पहिलो १० ओभरमा युएईले आक्रामक प्रस्तुति गरेको थियो।
ओपनरद्वय मोहम्मद वामिस र वृत्य अर्भिन्दले १२ ओभरभित्र ७२ रन जोडेका थिए। अर्धशतक बनाएका वामिसलाई ललित राजवंशीले आउट गरेका थिए भने पूर्वकप्तान रोहन मुस्ताफालाई सोमपाललाई बोल्ड गरेका थिए। लेगस्पिनर कुशलको बलमा क्याचआउट हुँदा कप्तान सिपि रिजवान पेभेलियन फर्केका थिए।
२५ रन जोडेका वृत्यलाई दिनेन्द्र सिंह ऐरीले आउट गरे। ऐरीको बलमा सोमपाल कामीले मिडविकेटमा क्याच लिँदा वृत्य आउट भएका थिए। उनले ३९ बल खेलेर २५ रन जोडेका थिए।
युएईसँगको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो।