सरकारले पाँच जना नेपाल प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।
गृह मन्त्रालयको सिफारिसमा आज बिहान बसेको मन्त्रीपरिषद बैठकले डीआईजी बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको छ ।
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि नहटे बर्तमान आईजीपी धिरजप्रताप सिंह यही चैत ११ गते अनिवार्य अवकाश जाने हुँदा त्यसपछिको नयाँ आईजीपीमा आज एआईजी बढुवा भएका ५ जना मध्येबाट एक जना आईजीपीमा बढुवा हुनेछन् ।