दुग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि दूधको मूल्य वृद्धि गरेको छ । डीडीसीले आजदेखि दूधको मूल्यमा १६ रूपैयाँसम्म वृद्धि गरेको छ ।
डीडीसीले स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढाएको छ भने डीडीसीले ८६ रुपैयाँ रहेकोमा आजदेखि बढेर ९७ रुपैयाँ पुगेको छ ।
त्यस्तै डीडीसीले गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाएको छ । गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ भने हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ ।
त्यस्तै चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ । सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी डीडीसीले दिएको छ ।