नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री एवम् प्रदेश सभा सदस्य निमा गिरी नेपाली कांग्रेस संसदीय दल लुम्बिनीको सचेतकमा नियुक्त भएकी छिन् ।
लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश सभा सदस्य गिरीलाई सचेतकमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसकी युवा नेत्री गिरी गत मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बनेकी हुन् । गिरी झिमरूक गाउँपालिका ७ प्यूठानकी स्थायी वासी हुन् ।
लामो समय नेपाल विद्यार्थी संघमा रहेर गिरी नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।