बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको ५ जना स्टाफ नर्सलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटाएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत कोभिड- १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालमा कार्यरत ५ जनाले बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो ।
गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि सेवाबाट हटाइएको आज मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
उनीहरु लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका कारण सेवाबाट हटाइएको मन्त्रालयले जनाएको हो ।