पपुवा न्यूगिनीले नेपाललाई ९६ रनको चुनौती दिएको छ। आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो अन्तिम खेल जितका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ९५ रनमा रोक्दै मात्र ९६ रनको चुनौती पाएको हो ।
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा आज बिहान पीएनजीले टस हारेर पहिले ब्याटिङ गर्र्दै ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनायो । कप्तान असाद भालाले सर्वाधिक २० रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले ५, ललितनारायण राजवंशी र कुशल मल्लले २–२ तथा सोमपाल कामीले १ विकेट लिए ।
नेपालले निरन्तर जितको यात्रालाई अगाडि बढाइरहँदा लगातार तेस्रो जित हासिल गरेको पीएनजीमाथि पनि आज जित निकाल्दै विश्वकप छनोट सिधै खेल्ने योजनामा हुनेछ ।
यसअघि हिजो भएको खेलमा यूएईमाथि १७७ रनको जित निकाल्दै नेपालले एक दिवसीय मान्यतालाई सुरक्षित गरेको थियो । अब पीएनजी र फेरि यूएईलाई हराउँदा नेपाल जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउने छ ।