WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ बाँके थारू समन्वय शाखाको आयोजनामा ‘थारू समुदायको हक अधिकारको लागि नेपाली कांग्रेसको भुमिका’ बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
राप्तीसोनारी वडानं ८ शम्शेरगंजमा आयोजना गरिएको सो कार्यक्रममा बांके क्षेत्र नं १ का पार्टीका थारू नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अथिति नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेपाली कांग्रेसले थारूलगायतका सबै आदिवासी जनजातीको हक अधिकारका लागि २०१५ सालदेखि नै आवाज उठाउदै आएको बताए ।
उनले समाबेशी तथा समानुपातिक सिदान्तलाई संबैधानिक रूपमा व्यबस्था गर्ने काम पनि कांग्रेसले गरेको दाबी गर्दै प्राप्त उपलब्धीलाई संस्थागत गर्दै थप हक अधिकारका लागि सबै संगठित हुनुपर्ने कुरामा जोड दिए । उनले कमैया, कमलरी मुक्ति लगायत थारू अधिकारका लागि थारू आयोग बनाउने काम पनि कांँग्रेसले नै गरेको स्मरण गराए ।
जिल्ला सभापति नारायण गौडेलले जातिय रूपमा, भावनात्मक रूपमा नभई पार्टीले पार्टीमा काम गरेको आधारमा पार्टीका नेता तथा कार्यकर्ताको मुल्याकंन हुने बताए ।
क्षेत्रीय सभापति पोषण केसीले थारू ईतिहास र थारू हक अधिकारका बारेमा पार्टीले खेलेको भुमिकाका बारेमा बोल्दै परिवर्तन पछि बनेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानमा थारू लगायत सबै जातजाती, भाषा, धर्म, संस्कृतिको बैधानिक रूपमा संरक्षण भए जस्तै पार्टीले पनि सोही बमोजिम बिधान संशोधन गरी समाबेशी तथा समानुपातिक सिदान्तलाई आत्मसात गर्दै थारू लगायत सबै आदीवासी जनजाती, महिला, मधेसी, मुस्लिम र पिछडिएको बर्गलाई स्थानीय तहदेखि केन्द्रसम्म न्यायोचित रूमा सहभागितामुलक प्रतिनिधित्वको सुनिश्चितता बनाएको बताए ।
कार्यक्रममा डा. कृष्णराज चौधरी सर्वहारीले ‘थारू समुदायको हक अधिकारका लागि नेपाली कांग्रेसको भुमिका’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
थारू समन्वय शाखा प्रमुख गंगाराम थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य अन्जना पाण्डे, जिल्ला सहसचिव बिनोद थारू, महाधिबेशन प्रतिनिधिद्वय लाहुराम थारू र संगिता थारू, प्रदेश ख का सभापति बलराम शर्मा र थारू नेता जागेश्वर चौधरी, नेपाली कांग्रेस राप्तीसोनारी गांउपालिका सचिव सन्तोष चौधरीलगायत थारूका अगुवा नेता तथा कार्यकर्ताहरू अन्तरकृया कार्यक्रममा सहभागी थिए ।