WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
बाँकेमा बिहिबारदेखि १३ औं पटक शुरु गरिने हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानका मुस्लिम धर्मगुरुहरुले सहयोगको प्रतिबद्धता जनाएका छन् ।
धेरै पटक हात्तीपाइले नियन्त्रण अभियान सञ्चालन गरिएपनि मुस्लिम र मधेशी समुदायमा देखिएको समस्याले चुनौती बनेको अभियानमा नेपालगन्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले सफल बनाउने प्रतिवद्धता जनाएका हुन् ।
स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधवार भएको मुस्लिम धर्मगुरु र मौलानाहरुसंगको अभिमुखिकरणमा सहभागी उनीहरुले सफलताको प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालयद्धारा हात्तीपाइले रोगको अवस्था र औषधीको महत्व बारे गराईएको जानकारी पश्चात विभिन्न मस्जिद, मदरसा र अन्य धार्मिकस्थलमा कार्यरत सहभागि मौलाना, हाफिज र कारी लगायतका धर्मगुरुहरुले औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका थिए ।