आमाले आफ्ना दुई छोरासहित नहरमा हाम फालेकी छिन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरस्थित गण्डक नहरमा हामफ्यालेर बेपत्ता भएकी एक महिला र उनका दुईवटा छोराको खोजीकार्य भइरहेको छ ।
आज दिउँसो २९ वर्षीया प्रतिमा थारु, ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हामफ्यालेकी थिइन् । तीन जनाकै खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रतिमाले आफ्ना दुई छोरालाई साथमा लिएर हाम्फालेकी हुन्। उनको मानसिक सन्तुलन पनि ठीक अवस्थामा नरहेको प्रहरीले बताएको छ। उनीहरुको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजीकार्यमा सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयको टोली परिचालन भएको छ।