स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्वास्थ्य सम्बन्धि कार्यक्रममा भाग लिन स्वीटजरल्याण्ड गएका छन् ।
बिरामीको सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी मंगलबार राति स्वीटजरल्याण्डको मोन्ट्रक्स प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । टोलीमा मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत स्वीटजरल्याण्ड गएका हुन् ।
मन्त्री गिरीको फेब्रुअरी २३ र २४ मा हुने कार्यक्रम सकेर फागुन १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।