जोमसोमदेखि पोखराका आउँदै गरेको बस कालीगण्डकी नदिमा खसेको छ।
केहीबेर अघि ना७ख ७४४० नम्बरको बस थासाङ गाउँपालिका ३ स्थित धम्पु भन्ने ठाउँमा रहेको कालीगण्डकीमा खस्दा २ भारतीय नागरिकसहित १७ जना घाइते भएका छन् ।
गम्भीर घाइते भएका २ जना र अन्य १२ जना घाइतेलाई एम्बुलेन्स मार्फत पोखरा लगिएको र ३ जना सामान्य घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका पठाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। बसमा घुम्न आएका पर्यटकहरु सवार थिए।
उक्त बस सडकदेखि ४५ मिटर तल कालीगण्डकीमा खसेको थियो। दुर्घटनास्थल नजिकै प्रहरी चौकी भएका कारण तुरुन्तै उद्दार गरिएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ।