बाँकेको नेपालगञ्ज महोत्सवमा भएको घटनाको खण्डन गर्दै आफ्नो कुनै पनि हात नरहेको संगीता पाठकले बताएकी छन । नेपालगञ्ज महोत्सवमा भएको लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिताको परिणाम घोषणा गर्ने क्रममा अभिभावक र आयोजक बीच भएको विवादलाई आधार बनाएर पाठक माथि लगाइएको आरोप प्रति आफ्नो गम्भिर आपत्ति सहित ध्यार्नाषण भएको एक पत्रकार सम्मेलन मार्फत बताएकी छन ।
पाठकले नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले उनको चरित्रहत्या गर्ने बदनियत तरिकाले जारी गरेको विज्ञप्ति अफवाह र फर्जी रहेको बताएकी छन । उनले त्यसमा कुनै पनि सत्यता नरहेको दावी गरेकी छन ।