आजदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।
गएराति देखि लागू हुने गरी पेट्रोलमा रु १७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ । वृद्धि गरिएको मूल्य गएराति १२ बजेदेखि लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ ।
निगमद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णय अनुसार गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल-मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’