प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा आज बिहान कांग्रेस संसदिय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरुको बैठक सकिएको छ । बैठकले प्रतिपक्षी दलहरूले राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवारको टुंगो भोलि बिहानसम्म लगाउने निर्णय भएको हो।
कांग्रेसले आज प्रारम्भीक छलफल गरेर भोलि बिहान उम्मेदवार टुंगो लगाउने कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। ‘राष्ट्रिय सभा उपाध्यक्षका विषयमा सल्लाह भयो, भोलि बिहान निर्णयमा पुग्छौ’, लेखकले भने।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीले दाबी नगर्ने बताएका छन्।उनले सबै विपक्षीदलसँग सल्लाह गरेर साझा उम्मेदवार उठाउने बताए।
बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुँदैछ छ।