लुम्बिनी प्रदेशमा अब १० वटा मात्र मन्त्रालय बनाइने भएको छ भने राज्यमन्त्री पनि नराखिने भएको छ ।
यसअघिको लुम्बिनीमा ४ राज्यमन्त्रीगरी १७ जना मन्त्री थिए । अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लिला गिरी , माओवादी केन्द्रबाट कृष्णा केसी नमुना र नेकपा एमालेका चेत नारायण आचार्य बिना बिभागिय मन्त्री छन् । मुख्यमन्त्री गिरीले माघ २५ गते भित्रै मन्त्रीमण्डल विस्तार भइसक्ने बताए ।
लुम्बिनी प्रदेशमा अब रहने मन्त्रालयको सूची :
१- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२- आर्थिक मामिला मन्त्रालय
३- आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय
४- भौतिक पूर्वाधार विकास मन्त्रालय
५- जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय
६-स्वास्थ्य मन्त्रालय
७- सामाजिक विकास मन्त्रालय
८- यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय
९- वन तथा वातावारण मन्त्रालय
१०- कृषि तथा सहकारी मन्त्रालय