देशकै मुख्य प्रशासनिक भवन सिंहदरबार अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर सडकको आधा भाग ओगट्दा यातायातमा अवरोध सिर्जना भएको हो ।
मंगलबारदेखि बगेको फोहोर आज बिहानसम्म सफा गरिएको छैन् । ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ । त्यही माथिबाट गाडीहरु गुड्दा अनामनगर घट्टेकुलो चोकसम्मै सडक फोहोरै फोहर बमेको छ ।
पैदलयात्रुहरुलाई बाटो छिचोल्नै सास्ती भएको छ । सडक किनारका घरमा रहेका पसलेहरु समेत दुर्गन्धले हैरान भएका छन् । पूर्वी गेट वरपरका स्थानीयहरू पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् । ढल फुटेेर सडकको हरिबिजोग हुदासम्म सरकार बेखबर छ।