बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज मंगलबार चर्चित ख्याती प्राप्त गायक रामजी खाँड सहितका कलाकार आउनेभएका छन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज गायक रामजी खाँड, डान्सर आरुसी मगर, गायक विजय पुन, टिकटक स्टार कोमल डान्सरको प्रस्तुति रह्ने प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।
दर्शकको मनोरञ्जन र नयाँ कलाकारहरुको उत्पादन एवं स्थानिय कलालाई प्रवद्र्धनका लागि हरेक दिन लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता समेत भईरहेको छ भने दैनिक दिउँसो कुस्ती प्रतियोगिता समेत भईरहेको छ ।