बलात्कार मुद्दामा जेलमा रहेका निलम्बित नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडौँ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने आज दिउँसो रिहा भएका हुन् ।
हिजो उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो । लामिछानेको आज नै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो । धरौटीमा रिहा भएपनि लामिछाने देश बाहिर जान पाउने छैनन् भने उपत्यका छोडनु पर्दा समेत अदालतको अनुमति लिनुपर्ने भएको छ ।