नेपाली सेनाका उपरथी (मेजर जनरल )प्रेमप्रकाश शाही सैनिक हिरासतमा परेका छन् । आज सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेकामा आज आर्थिक चार्ज लगाएर सेनाले उनलाई पक्राउ गरी सैनिक हिरासतमा राखेको हो ।
उनीमाथि शैक्षिक योग्यता सम्बन्धमा मुद्दा रहेको थियो । तर सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेपछि उनी काममा फर्कदै थिए । जसका कारण उनी भोलिदेखि अवकाश लिँदैथिए । तर आजै उनलाई पक्राउ गरिएको हो ।
उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको भन्दै नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चको फैसला बोकेर आउँदै गर्दा उनलाई सैनिक मुख्यालयको सैनिक प्रहरीको हिरासतमा राखिएको छ ।