अग्रेजी नया बर्ष २०२३ लाई भब्य रुपमा सफल पार्न सिद्धार्थ होटेल नेपालगन्जले सास्कृतिक कार्यक्रम सहित न्यु एयर इभ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
न्यु एयरका अबसरमा सिद्धार्थ होटेल नेपालगन्जमा चर्चित गायक प्रमोद खरेलको पहिलो पटक ब्यान्ड सहितको बिभिन्न रोचक प्रस्तुती रहने छ । नेपालगन्जबासीलाई न्यु एयर इभमा मनोरन्जन प्रदान गर्ने उद्देश्यले काठमान्डौबाट चर्चित गायक खरेललाई नेपालगन्जमा ल्याएर सास्कृतिक कार्यक्रम गर्न लागेको हो ।
सास्कृतिक कार्यक्रममा स्थानिय ब्यान्ड सहित डिजेको पनि प्रस्तुति रहने छ । यसै गरी होटेल सिद्धार्थले नया बर्षको अबसरमा आकर्षक छुट सहितका बिभिन्न प्याकेजको ब्यबस्था मिलाएको छ ।
सिद्धार्थ होटेल नेपालगन्ज मै सबै भन्दा धेरै रुम भएको चार तारे होटेल हो । सिद्धार्थमा स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई नेपालगन्जकै सबै भन्दा अग्लो स्थानमा रहेको रुफटप रेष्टुरेन्टबारको पनि सुबिधा छ ।