काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा दुई समूहका विद्यार्थीबीच केहीबेर अघि झडप हुँदा तीन जना घाइते भएका छन् ।
घाइते विद्यार्थीहरुको काठमाडौं मोडल अस्पताल बागबजारमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
झडपको विषय भने स्पष्ट नभए पनि विद्यार्थीकै गुटको झगडा हुनसक्ने बताइएको छ। झगडा गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
झडप खास के कारण हो भन्ने विस्तृत पक्राउ परेकासँगको अनुसन्धान पश्चात् थाहा हुने प्रहरीले बताए पनि स्ववियु निर्वाचनका बारेमा झडप भएको हुन सक्ने बताइएको छ।