राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नयाँ बन्ने सरकारमा नजाने भएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ बन्ने सरकारलाई समर्थन गरेपनि आफ्नो पार्टी तत्काल सरकारमा नजाने बताएका छन् ।
संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् । राप्रपा अहिल्यै सरकारमा जाँदैन तर नयाँ बन्ने सरकारलाई समर्थन मात्र गर्ने अध्यक्ष लिङदेनले बताए ।